डेंगुका कारण एक जना महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १६, बिहीबार १५:२४

काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, ती महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालले डेंगु भएको पुष्टि गरेको छ र छातीमा समस्या भएको चिकित्सकले जनाएकोका स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।