हेटौंडा बसपार्कको तरकारी बजार चौकीटोलमा सारिने

तु खबर संवाददाता
२०७९ भाद्र १६, बिहीबार ०९:४६
फाइल तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा–१ चौकीटोलस्थित सारिने भएको छ ।

उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले बसपार्कको तरकारी बजारलाई सार्ने निर्णय गरेको हो ।

बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा–१ को राप्ती करिडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको नगर प्रमुख लामाले जानकारी दिइन् ।

तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने प्रमुख उनको भनाई छ ।