पाकिस्तानमा बाढीमा परेर ९ सय जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीमा परेर ९ सय जना भन्दा बढीको मृत्यु भएको छ भने ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परेको पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।
जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको बताए । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई असर गरेको उनको भनाई छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ ।