हेटौंडाका बस्नेतलाई कृतिम खुट्टा सहयोग

तु खबर संवाददाता
२०७९ भाद्र ९, बिहीबार १७:३२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गरेका छन् ।

२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ वर्षीय ईन्द्रबहादुर बस्नेतलाई नेता बानियाँले ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गरेका हुन् ।

नेता बानियाँले भने, ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’

करिब साँढे दुई वर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराएका थिए । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।