प्रतिनिधि सभाको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार ०८:२३
file-photo

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको औं अधिवेशनको ५७ औँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको सम्भावित कार्यक्रममा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।