अध्यक्ष ढकाल र अमेरिकी पूर्व विदेशमन्त्री माइक पोम्पेओबीच भेटवार्ता

सिउल, दक्षिण कोरिया । दक्षिण कोरियाको मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेऒसँग कोरियाको राजधानी सिउलमा भेट गरेका छन् । भेटमा नेपालको समसामयिक विषयमा पूर्व विदेशमन्त्री पोम्पेऒले चासो राखेको र नेपाली जनताको सुख र समृद्धिको कामना गरेका थिए । पूर्वमन्त्री ढकालले अमेरिका नेपालको एक मुख्य विकास साझेदार रहेको र आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्न अनुरोध गरे ।
ढकालले विश्वका विज्ञहरु सम्मिलित थिङ्क ट्यांक २०२२ को फोरममा मध्यस्तकर्ताको भूमिका निभाएका थिए । उक्त फोरममा पूर्व विदेशमन्त्री पोम्पेओ तथा अन्तर्राष्ट्रिय अटोमिक इनर्जी एजेन्सीका महाप्रबन्धक मोहम्मद एल बारदेइ प्रमुख वक्ता थिए ।
साथै युनिभर्सल पिस फेडेरेशनको आयोजनामा सिउलमा यहि अगष्ट ११ देखि १५ सम्म अन्तराष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा अमेरिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्वका नेताहरुले सम्बोधन गरेका थिए । सम्मेलनले ‘युनिभर्सल पिस चार्टर’ पारित गर्दै विश्वका चुनौतिहरुको समाधान शान्तिपूर्ण संवादद्वारा गर्नु पर्ने निष्कर्ष निकालेको छ ।