दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउँदै वंशगोपालका विद्यार्थी

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १९:०१

मकवानपुर । चौघडा आसपासका क्षेत्रमा सडक दुर्घटना बढ्न थालेपछि यसको न्यूनीकरण गर्न हेटौंडा– ६ चौघडामा रहेको वंशगोपाल माद्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का विद्यार्थीहरुले चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् ।

मंगलवार विहान प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले धरान चतरा सडकखण्डको चौघडा क्षेत्रमा सचेनामुलक कार्यक्रम गरेका हुन् ।

विद्यार्थीहरुले सडकखण्ड अन्तर्गत विद्यालय क्षेत्र रहेकोले ट्रक, बस, मिनि बस, जीप, अटो, मोटरसाइकललगायत सवारीलाई सोकेर सवारी साधन विस्तारै र सुरक्षित किसिमबाट चलाई आफू र अरुलाई पनि सुरक्षित हुन आग्रह गरेका थिए ।

दूर्घटना न्यूनिकरण र सन्देशमुलक जानकारी दिन सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विजय गौतम, पूर्व शिक्षक तारानाथ खतिवडा, शिक्षक, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।