दुर्घटनामा परेर तामाङसहित दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ३१,मंगलवार १७:४५
सांकेतिक तस्वीर

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्वरको मार्बल बोकेको टेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नम्वरको जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै, सोही दुर्घटनामा परेर टेलर चालक र सहचालक सामान्य घाइते भएका छन् । घाइते उनीलाई प्रहरीले प्रहरीको नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकोा छ ।