हेटौंडाका पसल/व्यवसायको अनुगमन, ५ वटालाई जरिवाना
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाभित्र संचालनमा रहेका पसल व्यवसायहरुको अनुगमन गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ मकवानपुर, उपभोक्ता सित संरक्षण मञ्चसहितको पाँच वटा टोलीले बुधबार हेटौंडा उपमहानगरभित्र संचालित ५४ वटा व्यवसायिक पसल अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अनुमति बिना व्यवसाय संचालन गर्ने, म्याद गुज्रिएका बस्तु बिक्री वितरणको लागि राखिएको, होटलमा अखाद्य वस्तु प्रयोग, अस्पतालले क्षमता भन्दा बढी बेड राखेको, होटल व्यवसायमा सरफाई नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।
उनका अनुसार, बुधबार हेटौंडाका होटल स्वीट्स एण्ड फाष्टफुड ११ वटा, हार्डवेयर पसल १० वटा, फेन्सी ९ वटा, अस्पताल तथा स्वास्थ्य संस्था ६ वटा, चल्ला तथा दाना पसल ५ वटा, मासु पसल ६ वटा, भेटनरी औषधी ३ वटा, सुपरमार्केट तथा गोदाम घर २ वटा, मोबाइल र डेरी पसल एक/एक वटा अनुगमन गरिएको थियो ।
अनगुमन क्रममा मापदण्ड विपरिद् व्यवसाय संचालन तथा वस्तु खरिद बिक्री गर्ने व्यवासायक पसलहरुलाई जरिवान समेत गरिएको थियो । अनुगमन टोलीले आँगन स्वीट्स एवम् फाष्टफुड र राजधानी स्वीट्सलाई २०/२० हजार रुपैयाँ, इटीसी जनरल सप्लायर्सलाई १५ हजार रुपैयाँ, न्यू यु एण्ड आई सु–सेन्टरलाई १० हजार रुपैयाँ र अल्फा डेन्टललाई ५ हजार रुपैयाँ जरीवान गरिएको सहायक प्रजिअ गैह्रेले जानकारी दिए ।
अनुगमन टोलीले अनुमति बिना व्यवसाय संचालन गर्ने एक पोलिक्लिनिक, एक भेटनरी औषधी पसल र एक डेन्टल बन्द गराएको छ । त्यस्तै, दर्ता तथा अनुमति नलिएका व्यवसायलाई १ हप्ताभित्र अनुमति तथा दर्ता प्रक्रिया पुरा गर्न, होटलमा रहेको समस्या सुधार गर्न र अस्पतालाई बेर्ड स्वीकृत लिन निर्देशन दिइएको छ । अनुगमनमा भेटिएका म्याद गुज्रिएका सामाग्रीहरु नियन्त्रणमा लिएर नष्ट समेत गरिएको उनले बताए ।
उनका अनुसार, गुणस्तर परिक्षणको लागि भाटभटेनी सपुरमार्केटबाट दुई वटा तेलको नमुना समेत लिइएको छ । त्यस्तै, शिवशक्ती सप्लायर्समा बिक्रीको लागि राखिएको चामल कम तौलको भेटिएपछि ११२ चामल अर्को आदेश नआएसम्म बिक्री वितरणमा रोक लगाइएको छ ।
