मुम्बई उड्न लागेको विमान रोकियो, एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १५:३१
file-photo

काठमाडौं । शंकास्पद व्यक्ति चढेको आशंकामा काठमाडौंबाट मुम्बई उड्न लागेको विमानमा रोकिएको छ । शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई रोकेको हो ।

उक्त विमानमा चढेका यात्रुहरुको चेकजाँच काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, उक्त विमान प्रहरीको आग्रहमा रोकेको हो । १ः१० मा मुम्बई उड्नुपर्ने उक्त विमानमा चढेका शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएसँगै ‘फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको उनको भनाई छ । ती शंकास्पद व्यक्तिसँग रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको छ ।