तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

तु खबर संवाददाता
२०७९ श्रावण १४, शनिबार १६:०६

दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । यस्तै, उक्त दुर्घटनामा परेर १ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय बासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।