दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १५:३६

जनकपुरधाम । सर्लाहीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । जिल्लाको बरहथवा नगरपालिका १० किसनपुरस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार, टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मिनिया बस्ने २६ वर्षीय मुकेश साहको घट्नास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिपर एवम् चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।