दोहोरो अंकले बढ्यो शेयर बजार

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार १५:२३

काठमाडौं । बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर २१२७ विन्दुमा उक्लिएको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जिबन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ ।