पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

तु खबर संवाददाता
२०७९ श्रावण १०, मंगलवार १०:०६
file photo

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो आउँदा उक्त सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको छ ।