करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १०, मंगलवार ०८:५४
file-photo

पाँचथर । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार दिउँसो अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् । करेन्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको छ ।