आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ श्रावण १०, मंगलवार ०८:४९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, बागमती र लुम्बिनीका केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । यस्तै, आज दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहनुका साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।