बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ८, आईतवार १८:२८

पाल्पा । पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।