नाबालिगलाई बलात्कार गरेर फरार रहेका एक जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार १०:२१

बर्दिया । नाबालिगलाई बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–१२ बस्ने अन्दाजी ४० वर्षका श्रीराम चमार रहेका छन् । चमारमाथि गत चैत्र १५ गते सोही स्थान बस्ने ६ वर्षकी नाबालिगलाई घरमा कोही नभएको मौका छोपी बतात्कार गरेको आरोप छ ।

घटनाको सूचना पाएपछि ​चमारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालित गरे पनि उनी घटनास्थलबाटै फरार रहेका थिए । उनको खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा साउन २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चमारलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।