नेप्से दोहोरो अंकले बढ्यो, २ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ श्रावण ३, मंगलवार १६:०१

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्ष सुरु भएलगत्तै शेयर बजारमा क्रमिक सुधार देखिन थालेको हो । आज नेप्से परिसूचक १६ अंकले बढेर २०४५ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड माथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक बीमा सूचक र माइक्रोफाइनान्स समूह चम्किएको छ ।