सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
काठमाडौं । सुस्त मनस्थितिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मर बहादुर भुजेल रहेका छन् ।
भुजेललाई सोमबार बिहान २ बजे घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पधेरोटोल भन्ने स्थानको बाटोमा १२ वर्षीया एक बालिकालाई साउन १ गते बेलुका साढे ७ बजे जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा भुजेललाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि जवरजस्ती करणी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
