चालु आवको पहिलो दिन शेयर बजारमा झिनो सुधार
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९/०८० को पहिलो दिन अर्थात साताको पहिलो दिन आज आइतबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । केही महिनायता खस्किँदै गएको शेयर बजारमा आज झिनो अंकले बढ्न पुगेको हो ।
आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ । नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड माथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ५ समुह बाहेकका सबै समुह आज राताम्य छन् । लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार र बैकिङ्ग समूहमा आज हरियाली छाएको छ भने सर्वाधिक हाइड्रोपावर समूहको १.१२ प्रतिशत अर्थात् २६.३६ रुपैयाँले घट्न पुगेको छ ।



