शुक्रबार शेयर बजारमा सामान्य सुधार
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन आज (शुक्रबार) नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ । यस्तै, आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये ५ समूह बाहेकका सबै सूचक राताम्य रहेका छन् । आज म्युचुअल फण्ड, जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र बैकिङ्ग सूचकमा हरियाली छाएको छ भने अन्य सूचक सबै घटेको छ ।



