नेप्से ७७ अंकले घट्यो
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा उच्च गिरावट आएको छ । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै नेप्सेमा रहेका सबै सूचक राताम्य भएका छन् । शेयरबजार घटेसँगै सर्वाधिक प्रतिशतका आधारमा व्यापार सूचक घट्न पुगेको छ । सो उपसूचक ५.७८ प्रतिशतले घटेको छ । त्यस्तै, रुपैयाँका आधारमा जीवन बीमा सूचकको ५४० रुपैयाँ २२ पैसाले घट्न पुगेको छ ।



