दुर्घटनामा परेर मकवानपुरका गोलेको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २५,शनिबार १७:४१

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति काठमाडौं महानगरपालिका–१२ सोल्टी मोडमा प्र.३.०२.००७ प ९१९४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मकवानपुरको चित्लाङ घर भएका २७ वर्षीय बुद्ध गोलेको मृत्यु भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा परेर गोले गम्भीर घाइते भएका थिए । घाइते उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।