मकवानपुरका एसपी एसएसपीमा बढुवा सिफारिस
मकवानपुर । नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङसहित ३२ जनालाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
उनीहरुलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिइन् ।
हेर्नुहोस् नामावली ।


