दुर्घटनामा स्कुटर चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २४, शुक्रबार ०९:०२

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ५ ख ५४ २३ नम्वरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्वरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक माधव बस्नेत रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्कुटरले ओभरटेक गर्ने क्रममा मिनी ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । प्रहरीले मिनी ट्रकका चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।