आज नेप्से झिनो अंकले घट्दा ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार १५:४९

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । केही दिनयता हरियाली छाएको शेयरबजार आज ९.७५ अंकले घटेर २०७६ को विन्दुमा कायम भएको छ ।

आज प्रि ओपनिङ सेसनमा सामान्य अंकले शेयरबजार बढेर अन्तरालमा उच्च अंकले बढेपनि कारोबार बन्द हुँदासम्म झिनो अंकले घट्न पुगेको हो । सोमबार नेप्सेमा सूचीकृत २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच हुुँदा ४ अर्ब ३४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।