दुर्घटनामा मकवानपुरका दुई जनाको मृत्यु
तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २३ वर्षीय दीपेश गोले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरु गम्भीर घाइते भएका थिए । घाइते उनीहरुको रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको हो । प्रहरीले जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।