हेटौंडामा मदन भण्डरीको जन्मजयन्तीमा अन्तरसंवाद

तु खबर संवाददाता
२०७९ असार १४, मंगलवार १८:२४

मकवानपुर । हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । प्रेस चौतारी मकवानपुरले जननेता मदन भण्डरीको ७१ औं जन्म जयन्तीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता एवम् मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला तथा प्रदेश स्तरका नेताहरु, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकास दाहाल लगायतकाले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।