दुर्घटनामा मकवानपुरका दुतराजको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १२,आईतवार १०:०१

काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराज रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बा ०२–०३० प ६३६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा दुतराजको मृत्यु भएको हो । दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । प्रहरीले अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।