मकवानपुरका १० वटै पालिकाले वार्षिक बजेट ल्याउँदै

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार ०९:४९

मकवानपुर । मकवानपुरका १० वटै पालिकाले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार आज सबै पालिकाहरुले बजेट प्रस्तुत गर्दैछन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, बकैया, भीमफेदी, इन्द्रसरोवर, कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाले आज वार्षिक बजेट सार्वजनिक गर्दैछन् । सबै पालिकाहरुले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन, भौतिक पूर्वाधारलगायत क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । आज बस्ने नगर तथा गाउँसभामा स्थानीय तहहरुले नीति तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेटको अनुमानित स्रोत पनि पेश गर्नेछन् ।

१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।