हेटौंडामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १७:४६

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको युवा संगठनले हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संगठनले पूर्व राजा स्व. महेन्द्र शाहको १०२ औँ जन्म जयन्तीको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

संगठनका उपाध्यक्ष लक्ष्मण सापकोटाका अनुसार, कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा राप्रपाका युवा नेता सम्राट सिंहले सहजीकरण गरेका थिए भने रक्तदानमा सहभागि भएकाहरुलाई राप्रपाका नेता दीपक सिंहले रक्तदाताहरुलाई फलफुल एवम् जुस वितरण गरेका थिए ।