नगरसभा भएको खुसीमा सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १५:३९

काठमाडौं । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले एक दिन सार्वजनिक विदा दिएको छ । नगरपालिकाले बिहीबार ११ औं नगरसभा सफलतापूर्व सम्पन्न भएको भन्दै शुक्रबार दिन सार्वजनिक विदा दिएको हो ।

शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए । विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको उनको भनाई छ ।