दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा आज बिहान सरवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने दुबै जना मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
