दुर्घटनामा परेर बुढाथोकीको मृत्यु
सुर्खेत । जीप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ सडकखण्ड कपासेमा जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्वरको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुखेर्तले जनाएको छ ।
मृत्यु हुनेमा रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त जीपमा ५ जना सवार रहेका थिए । जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरीले जनाएको छ । अन्य चार जना भने घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
