बागमती प्रदेश बजेट : युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड ६२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, प्रदेश स्तरीय खेल संघ, खेलाडी, रेफ्री तथा प्रशिक्षकको क्षमता अभिवृद्धि तथा प्रोत्साहनको लागि पनि बजेट छुट्टयाएको छ ।
