बागमती प्रदेश बजेट : कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

तु खबर संवाददाता
२०७९ असार १, बुधबार १८:१९
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब १५ प्रतिशतले बढेको घोषणा गरेका हुन् ।

‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको कानूनी मन्त्री जम्मकट्टेलले बताए । यसैगरी, साउन १ गतेदेखि लागू हुने गरी प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको उनले बताए ।

यसका साथै, प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।