बागमती प्रदेश : वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट

तु खबर संवाददाता
२०७९ असार १, बुधबार १७:३७
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै सो बारे जानकारी गराएका हुन् ।

मन्त्री जम्मकट्टेलले प्रदेशमा वन तथा वातावरण संरक्षणका काम गर्न उक्त बजेट विनियोजन गरेको बताए । उनले वन जंगल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा उक्त बजेट कार्यान्वयन गरिने बताए । उनले प्रदेशभित्रका नाङ्गा डाँडाहरूमा एक वर्ष भित्र १५ हजार विरुवा रोप्ने बताए ।

यस्तै, प्रदेश सरकारले बागमती प्रदेश सरकारले उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।