बागमती प्रदेश बजेट : ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’

तु खबर संवाददाता
२०७९ असार १, बुधबार १७:१३
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले बुधबार प्रदेश सरकारको तर्फबाट आगामी आवको बजेट घोषणा गर्दै उक्त योजना अघि बढाउने जानकारी दिएका हुन् ।

मन्त्री जमरकट्टेलले प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइने जानकारी गराएका हुन् । उनले यसका लागि आगामी वर्षलाई १८ करोड २७ लाख बजेट विनियोजन गरेको बताए ।