नेपाल मोबाइल व्यवसायी महासंघको संठगन विस्तार

तु खबर संवाददाता
२०७९ जेष्ठ २९, आईतवार ०८:३९

मकवानपुर । नेपाल मोबाइल व्यवसायी महासंघले आफ्नो संठगन विस्तार गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै संगठन विस्तार गरेको हो । संगठन विस्तार महासंघका अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा भएको हो । महासंघ र मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रमबाट चितवन जिल्लाको संयोजकमा प्रकाश अर्याल, वीरगञ्जमा तदर्थ कमिटिको अध्यक्षमा महादेव शर्मा र बारा जिल्लामा तदर्थ कमिटिको अध्यक्ष मोहन क्षेत्री चयन भएका छन् । मोबाईल व्यवसायीहरुलाई एकै छानामुनी ल्याउनको लागि संगठन विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक छतेन्द्र आचार्यले जानकारी दिए ्