लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरेको जनाइएको छ ।
कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।
