काठमाडौँमा दिनदडाडै ३५ लाख लुटपाट

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १३:१६

काठमाडौँ । काठमाडौंको लैनचौरमा दिनदहाडै लुटपाट भएको छ । लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर अज्ञात समूहले व्यापारीसँग ३५ लाख लुटेको प्रहरीले जनाएको छ । जेठ ८ मा भएको सो घटनामा संलग्नहरु बारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले जानकारी दिए ।

१० दिनसम्म घटनामा संलग्नहरु पक्राउ पर्न नसक्नुमा उनीहरु व्यवसायिक लुटेरा हुनसक्ने बताइएको छ । सिसिटिभी फुटेजका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।