तारा एयर : दुर्घटनास्थलमा पुग्यो उद्धार टोली
काठमाडौं । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानमा उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको उद्धार टोली घटनास्थलमा पुगेको हो ।
आइतबार बिहानबाट सम्पर्कविहीन भएको उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । प्रहरीले शव कलेक्सन गरिरहेको छ ।
आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर, १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए ।
