यस्तो अवस्थामा भेटियो तारा एयरको जहाज
काडमाडौँ । हिजो बिहानैबाट सम्पर्कविहीन भएको ताया एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको पुष्टि गरेका छन् ।
उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ र थप विवरण आउन बाँकी रहेको उनले बताए ।,
आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर, १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए ।
