बजेट भाषणः आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९८ अर्ब ८३ करोड विनियोजन
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभामा आज दिउँसो ४ बजेदेखि आगामी वर्षको बजेट प्रस्तुत सुरू भएको थियो । केन्द्र सरकारले जेठ १५ गते अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
