बजेट भाषणः अब अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने
काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवमा अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने जानकारी दिएका हुन् । यसअघि पत्रपत्रिकारलाई मात्रै लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो ।
