सरकारी कर्मचारीको तलब बढाउने सरकारको तयारी

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार ०८:२८
file-photo

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालका अनुसार, आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।

हाल अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो । सरकारले खर्चले धान्ने गरी तलब बढाउने प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ ।