वृद्धभत्ता ६५ वर्षमै दिने सरकारको तयारी

तु खबर संवाददाता
२०७९ जेष्ठ ८, आईतवार ०९:१४
file-photo

काठमाडौं । सरकारले ६४ वर्ष पुगेका नेपाल नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) दिने तयारी गरेको छ । नेकप  एमाले नेतृत्वको सरकारले वृद्धभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।

मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले आर्थिक वर्ष २०७९/२०८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरेको हो । अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन् । सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।