हेटौंडा १२ को ताजा अपडेटः वडामा कांग्रेस १ मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को मतगणना जारी रहेको छ । हालसम्म सो वडाको ३ हजार ४१ मत गणना भएको छ । वडामा कांग्रेस र माओवादी केन्द्रबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका अर्जुन तिवारीले ९५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका ललित घलानले ९५१ मत पाएका छन् । कांग्रेसका तिवारीले माओवादी केन्द्रका घलानलाई १ मतले पछाडी पारेका छन् । त्यस्तै एमालेका राजेश नगरकोटीले ८७२ मत ल्याएका छन् ।
