हेटौंडा ८ को ताजा मत परिणामः ३७३१ गन्दा कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार ०७:३३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ७३१ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ८८५ मत ल्याएका हुन् ।

त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ५२ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ४३० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ७७८ मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ६०८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १२७ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण थापाले १ हजार ८७१ मत र एमालेका बोलबहादुर कार्कीले १ हजार ६७० मत ल्याएका छन् ।